काठमाडौँ । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन् ।
उनीहरु शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौँ आएका थिए । काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
भागबन्डा गर्दैगर्दा उनीहरुलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । आजै उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २९ मंसिर २०७७, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?