प्लाष्टिकको पोखरीमा डुबेर तिन बालबालिकाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ०७ : ५०
प्लाष्टिकको पोखरीमा डुबेर तिन बालबालिकाको मृत्यु

तेह्रथुम । यहाँ स्थित छथर गाउँपालिका–६ सुदापमा नुहाउने क्रममा ३ जना बालिकाको प्लास्टिकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि कृत्रिम रुमा निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिए ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल म्याङलुङ लैजान लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस