दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै उच्च सङ्क्रमित भेटिए

एजेन्सी

शनिबार, २७ मंसिर २०७७, २० : ०७
दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै उच्च सङ्क्रमित भेटिए

काठमाडौं । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ । 

उनीहरुका अनुसार शनिबार नयाँ ९५० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । यसअघि धेरै दिन दैनिक पाँच सयदेखि छ सयसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए ।  कोरिया रोक नियन्त्रण तथा निवारण कार्यालयले महामारी थप फैलिँदै गएकाले थप उच्च सतर्कता अत्यावश्यक भएकोमा जोड दिएको छ । 

विभिन्न देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेको बेलामा आफ्नो देशमा भने महामारी थप फैलिँदै जानु अतिगम्भीर विषय भएको दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बताउनु भएको छ । महामारी नियन्त्रणका लागि सरकारले आफ्नो सबै शक्ति र संयन्त्र परिचालन गरिरहेको र अझ थप्दै जान लागेको उहाँले जानकारी दिनुभयो । 

रेल स्टेनशनसहित मानिसको अत्यधिक भीडभाड हुने थप १५० ठाउँमा कोरोनाभाइरसको सङ्क्रमण परीक्षण गर्ने केन्द्र स्थापना गरिएको उहाँको भनाइ छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले कतिपय व्यवस्थामा कडाई पनि गरेको छ । सामाजिक दुरी कायम गर्नु पर्ने, भीडभाड गर्न नहुने, मास्क लगाउनु पर्ने लगायतका नियमलाई सरकारले पालना गराउने सक्रियता बढाएको छ । रेष्टुरेन्टमा बस्न नपाईने, खाद्य पदार्थ किनबेच मात्रै गर्न पाइने, नौ बजे भित्रमा बन्द गरिसक्नु पर्ने नियम पनि लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस