कोरोनाको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने

पत्रपत्रिकाबाट

शनिबार, २७ मंसिर २०७७, ०८ : ३१
कोरोनाको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने

काठमाडौं । सरकारले भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप उत्तम हुन सक्ने भन्दै छलफल अघि बढाएको छ । भारतीय खोप सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा खोप उत्पादन गरिरहेको छ । 

कोरोना भाइरसविरुद्ध आपत्कालीन प्रयोगका लागि सिरमले सरकारसँग अनुमति माग गरिसकेको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्बन्धित विषयमा छलफल गर्न शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका थिए । 

स्वास्थ्य मन्त्रालयले भारतमा बनेको खोप नेपालमा ७ अमेरिकी डलरमा उपलब्ध हुन सक्ने बैठकमा जानकारी गराएको छ । ‘भारतमा ३ डलरमा उपलब्ध हुने भए पनि ढुवानी र अन्य प्रक्रिया पूरा गर्दा ७ डलर पर्न सक्ने देखियो,’ ती मन्त्रीले भने । सरकारले १० डलरका दरले ५२ प्रतिशत नागरिकलाई खोप किन्नुपर्ने भन्दै ४२ अर्ब बजेट आवश्यक पर्ने आकलन गरेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस