नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १२ : ३४
नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

काठमाडौँ  । नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ ।

नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमिति गठन गरिएको छ।

विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन पछि बेलायतमा पनि शाखा कार्यालय खोलिएको र निटक भबिष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी नेपाल फिल्म सोसाईटीको अन्तराष्ट्रिय संयोजक नायक तथा निर्माता नबराज श्रेष्ठले गराएका छन्।

जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमितिहरुमा बरिष्ट उपाध्यक्षमा बिक्रम दाश जोशी, प्रथम उपाध्यक्षमा कुमुद राज पन्त, द्वितीय उपाध्यक्ष निरज शर्मा, सचिब मधु सुदन थापा मगर, सहसचिब गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरु रोमियन वानेम,धुर्ब दत्त, सोहम भेटवाल, देब गुरुङ, टिका अधिकारि, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन् भने सल्लाहाकारहरुमा एकेन्द्र गुरुङ, सपन कुमार राई, सनम कुमार बैराग, मनिष श्रेष्ठ, बिपी खनाल, पुरन गिरि र कुशल श्रेष्ठ रहेका छन्।

युके शाखा गठन भए संगै बेलायतमा बसोबास गर्दै आएका नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई एकबद्ध गराउंदै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने नबनियुक्त अध्यक्ष जानकी पन्त जुनले बताएकी छिन ।
 

प्रतिक्रिया दिनुहोस