सात वर्षीया बालिकाको मुटुको जटिल अप्रेसन

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १६ : ४५
सात वर्षीया बालिकाको मुटुको जटिल अप्रेसन

चितवन । चितवन मेडिकल कलेजमा सात वर्षीया बालिकाको मुटुको जटिल अप्रेसन गरियो । कलेजले चितवनमा नै पहिलो पटक बालिकाको मुटको जटिल अप्रेसन चितवन मेडिकल कलेजले सफल गराएको दावी गरेको छ । 

तनहुँ जिल्ला घिरिङ्ग गाउपालिका वडा नं. २ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने बुवा धनकुमार थापा  आमा  बिना थापाकी ७ बर्षकी छोरी खुसी थापाको मेडिकल कलेजमा मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरेको थियो । सास फेर्न गाह्रो हुने बेला बेलामा ढल्ने समान्यतया अरु बच्चाहरु भन्दा फरक भएकोले निज बच्चालाई १७ महिनाको हँुदा काठमाडौको शहिद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्मजात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको थियो । 

सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनुपर्नेमा सो बच्चामा धड्कन ३० देखि ३२  मात्र थियो जसले गर्दा बच्चालाई जीवन जिउन निकै गाह्रो भएको थियो ।  बिरामी मंसिर २० गते भर्ना भएका थियो । उपचारको क्रममा चिकित्सकहरुले बिरामी बारेमा सबै जानकारी गराई मंसिर २२ गते शल्यक्रिया गरिएको थियो ।

प्राय उमेर पुगेका मानिसहरुमा रोग पत्ता लागेपछि गरिने यो शल्यक्रिया बच्चाहरुमा बढी जटिल र जोखिम हुने गर्दछ । यसरी शल्यक्रिया गरी पेशमेकर राखेर उपचार गर्दा सामान्य मुटुको धड्कन ६० सम्म चल्ने र यसले १० वर्ष सम्म काम गर्ने गर्छ । काम गर्न छोडेपछि चिकित्सकको सल्लाह बमोजिम पुन शल्यक्रिया गरी सो पेशमेकर फेर्नु पर्ने हुन्छ ।

प्रा. डा. श्याम राज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजि डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संग्लनमा शल्यक्रिया सम्पन्न भएको थियो । हाल बच्चाको स्वास्थ्य सुधारउन्मुख छ । दैनिक १५ सय बढी विरामी आउने यस कलेजमा प्रत्येक दिन ३० भन्दा बढि  शल्यक्रिया हुने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस