‘तारक मेहताका उल्टा चश्मा’ का लेखकले गरे आत्महत्या

एजेन्सी

सोमबार, २२ मंसिर २०७७, ११ : ०४
‘तारक मेहताका उल्टा चश्मा’ का लेखकले गरे आत्महत्या

एजेन्सी । भारतीय टिभीको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले आत्महत्या गरेका छन् । केही दिन अघि आत्महत्या गरेका अभिषेकले आफ्नो सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक कारण बताएका थिए ।

तर अब उनको परिवारले अभिषेक ब्ल्याकमेल र साइबर धोकाको शिकार भएको दाबी गरेका छन् । परिवारले भनेका छन्, ‘उनीहरुले फोन गरेर पैसा मागिरहेका छन् । अभिषेकले ऋण लिने बेला आफ्नो परिवारलाई साक्षी बनाएको उनीहरुले बताइरहेका छन् ।

अभिषेकले फाइनान्सियल फ्रडका कारण आत्महत्या गरेका हुन् ।’अभिषेक मकवानाका भाइ जेनिसले मुम्बई प्रहरीलाई दिवगंत उनलाई थुप्रै इमेलले पनि फाइनान्सियल फ्रडको जानकारी पाएको जानकारी दिए । अभिषेकले आफू निकै लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेको र त्यसैले आफूले यस्तो खतरनाक कदम उठाएको सुसाइड नोटमा उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस