नेकपाको स्थायी समिति बैठकको सुरक्षा व्यवस्था कडा

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०७७, १३ : ४१
नेकपाको स्थायी समिति बैठकको सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका बीच आइतबार पार्टी कार्यालयमा नेकपा स्थायी समिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस