२४ घण्टाको कोरोना अपडेट : १० जनाको मृत्यु, थपिए  १०२४ संक्रमित, २२०६ जना निको भए

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १६ : ३४
२४ घण्टाको कोरोना अपडेट : १० जनाको मृत्यु, थपिए  १०२४ संक्रमित, २२०६ जना निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभर १०२४ जना कोरोना संक्रमित थपिएका छन् ।  संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बितेको २४ घण्टामै देशभर २ हजार २०६ जना निको भएका छन् ।सो बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । निको हुनेको संख्या २ लाख २४ हजार ५३ छ । 

यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना छन् । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४६० जनामा संक्रमित थपिएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस