चितवनमा एक कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० मंसिर २०७७, १४ : ०९
चितवनमा एक कोरोना संक्रमित महिलाको मृत्यु

 चितवन । चितवनको भरतपुर महानगरपालिका–८ निवासी एक महिलाको आज कोरोना भाइरको संक्रमणबाट मृत्यु भएको छ ।  ३० वर्षीय ती महिला मंसिर १४ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएपछि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् ।

उनलाई मंसिर १५ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि अस्पतालमा भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। उपचारका सबै उपायहरु गर्दा गर्दै आज बिहान संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस