काठमाडौं । विशेषज्ञहरूले कोभिड–१९ विरुद्घको खोप ल्याउन नेपालले उत्तर र दक्षिणका छिमेकी चीन र भारतसँग विशेष सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।
चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ । ‘कोभिडविरुद्घको खोपका लागि सरकारले तुरुन्त चीन र भारतसँग सघन संवाद सुरु गर्नुपर्छ, हाल राज्यले खोपका लागि गरेको प्रयास अत्यन्त सुस्त देखिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘खोप उपलब्धताका लागि युरोप र अमेरिकाभन्दा बढी ध्यान चीन र भारततिर दिँदा त्यो दीर्घकालीन हुन्छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनलगायत अन्य खोप निर्माता मुलुकका सरकार प्रमुखसँग प्रत्यक्ष फोन सम्पर्क गरेर खोपका लागि पहल बढाउने बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० मंसिर २०७७, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन