वासिंटन । लागू औषधको रुपमा लिइने भाङ तथा गाँजालाई संयुक्त राष्ट्रसंघले अति खतरनाक लागूपदार्थको सूचीबाट हटाएको छ । यसलाई औषधिजनक गुण भएको भन्दै यसलाई एक वनस्पतिको रुपमा चित्रित गरिएको छ । भाङलाई खतरनाक लागूऔषधको सूचीबाट हटाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिसलाई मादक पदार्थ सम्बन्धी आयोगले यही बुधबार अनुमोदन गरेको हो ।
१९६१ मा भएको राष्ट्रसंघीय महासभाबाट गाँजा तथा भाङलाई चौँथो श्रेणीको लागूऔषधको रुपमा सूचीकृत गरेको थयो । यस्ता पदार्थलाई अत्याधिक लत र दुरुपयोगका लागि जिम्मेवार मानिदैन बरु तिनलाई विशेषगरी हानिकारक र अत्याधिक सिमित मेडिकल वा चिकित्सकीय मुल्यको रुपमा पनि लिइएको छ ।
राष्ट्रसंघीय आयोगको निर्णयसँगै यसलाई धेरैजसो औषधि निर्माण कम्पनी तथा संस्थाहरुले स्वागतयोग्य समाचारको रुपमा लिएका छन् । विशेषगरी गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने लाखौँ मानिसका लागि यो सुखद समाचार भएको यस सम्बन्धी वकालत गर्दैआएका संस्थाहरुले जनाएका छन् । साथै भाङमा आधारिक औषधि उत्पादन बजारका लागि पनि यो सुखद भएको बताइएको छ ।
राष्ट्रसंघीय आयोगले बुधबार मतदानका आधारमा भाङलाई खतरनाक सूचीबाट हटाउको हो । आयोगमा संलग्न देशहरुबीच गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाउन अमेरिका, बेलायत, जर्मनी र दक्षिण अफ्रिकाले पक्षमा मत दिए भने ब्राजिल, चीन, रुस र पाकिस्तानले विपक्षमा मतदान गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ मंसिर २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद