वासिंटन । लागू औषधको रुपमा लिइने भाङ तथा गाँजालाई संयुक्त राष्ट्रसंघले अति खतरनाक लागूपदार्थको सूचीबाट हटाएको छ । यसलाई औषधिजनक गुण भएको भन्दै यसलाई एक वनस्पतिको रुपमा चित्रित गरिएको छ । भाङलाई खतरनाक लागूऔषधको सूचीबाट हटाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिसलाई मादक पदार्थ सम्बन्धी आयोगले यही बुधबार अनुमोदन गरेको हो ।
१९६१ मा भएको राष्ट्रसंघीय महासभाबाट गाँजा तथा भाङलाई चौँथो श्रेणीको लागूऔषधको रुपमा सूचीकृत गरेको थयो । यस्ता पदार्थलाई अत्याधिक लत र दुरुपयोगका लागि जिम्मेवार मानिदैन बरु तिनलाई विशेषगरी हानिकारक र अत्याधिक सिमित मेडिकल वा चिकित्सकीय मुल्यको रुपमा पनि लिइएको छ ।
राष्ट्रसंघीय आयोगको निर्णयसँगै यसलाई धेरैजसो औषधि निर्माण कम्पनी तथा संस्थाहरुले स्वागतयोग्य समाचारको रुपमा लिएका छन् । विशेषगरी गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने लाखौँ मानिसका लागि यो सुखद समाचार भएको यस सम्बन्धी वकालत गर्दैआएका संस्थाहरुले जनाएका छन् । साथै भाङमा आधारिक औषधि उत्पादन बजारका लागि पनि यो सुखद भएको बताइएको छ ।
राष्ट्रसंघीय आयोगले बुधबार मतदानका आधारमा भाङलाई खतरनाक सूचीबाट हटाउको हो । आयोगमा संलग्न देशहरुबीच गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाउन अमेरिका, बेलायत, जर्मनी र दक्षिण अफ्रिकाले पक्षमा मत दिए भने ब्राजिल, चीन, रुस र पाकिस्तानले विपक्षमा मतदान गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ मंसिर २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ