यस्तो छ आजको मौसमको पूर्वानुमान

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, ०९ : ५७
यस्तो छ आजको मौसमको पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

अहिले देशभरको मौसमको अवस्था हेर्दा गण्डकी प्रदेश, बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।


यसैगरी, दिउँसो  लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने, प्रदेश नं १ का पहाडी भूभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै, राति लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

साथै, राति देशका बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ  । 

प्रतिक्रिया दिनुहोस