ठमेलका व्यवसायी आन्दोलित

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १७ : २४
ठमेलका व्यवसायी आन्दोलित

काठमाडौँ । ठमेल क्षेत्रमा रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सूचारु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण आठ महिना देखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अबपनि व्यवसाय सूचारु गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए। ठमेलको रात्रीकालिन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न व्यवसायीहरुले माग गरेका छन् । सबै आधिकारीक निकायमा ज्ञापन पत्र बुझाउँदा समेत सुनुवाई नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीहरुको भनाई छ । अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए।  

रात्रीकालिन व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस