त्रिभुवन विश्वविद्यालयले स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्र सञ्चालन गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेसँगै त्रिविले सबै क्याम्पस खोल्न निर्देशन दिएको हो ।
त्रिविका रजिस्टार प्राडा पेशल दाहालले जोखिम नभएका र कम जोखिम भएका जिल्लाका क्याम्पस प्रमुखलाई क्याम्पस खोल्न निर्देशन दिएको जानकारी दिए ।
त्रिवि रजिस्टार कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी त्रिविअन्तर्गत सबै क्याम्पस, विभाग र स्कुलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्ड रहने गरी क्याम्पस खोल्न निर्देशन दिएको थियो ।
रजिस्टार प्राडा दाहालका अनुसार जोखिम बढी भएका उपत्यका र केही शहरी क्षेत्रमा अवस्था हेरेर निर्णय गर्न र जोखिम कम भएका जिल्लामा तत्काल खोल्ने गरी निर्देशन भएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १७ मंसिर २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन त्रिभुवन विश्वविद्यालयको निर्देशन
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको सामूहिक राजीनामा
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो