नेकपा सचिवालय बैठक आज, दुवै पक्ष आफ्नै अडानमा आमने सामने भिड्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, ०७ : ४८
नेकपा सचिवालय बैठक आज, दुवै पक्ष आफ्नै अडानमा आमने सामने भिड्ने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपामा दुवै अध्यक्षका ब्यक्तिगत आरोप प्रत्यारोपसहितका फरक फरक प्रतिवेदन सचिवालय वैठकमा पेश भएपछि अव त्यसलाई कसरी टुग्गो लगाउने भन्नेमा आज सचिवालय वैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय धुम्वराहीमा वस्ने वैठकमा दुवै अध्यक्षले पेश गरेका दस्तावेजमाथी छलफल हुने कार्यसूचि छ ।

यो प्रस्ताव कसरी टुग्गे लगाउने र पार्टीभित्र देखा परेका विवाद कसरी छिनोफानो लगाउने भन्नेमा प्रधनमन्त्री तथा अध्यक्ष केपी ओलीका आफ्नै बटमलाइन छन् । उता अध्यक्ष प्रचण्डका पनि आफ्नै बटमलाइन छन् । सचिवालयमा रहेका ९ सदस्यीय नेताहरु दुई कित्तामा प्रष्ट विभाजित छन् ।

अध्यक्ष प्रचण्डलाई नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दरिलो साथ दिएका छन् । प्रचण्डले पेश गरेको प्रस्तावमा यी ५ नेताकै स्वामित्व रहेको नेताहरुले बताईसकेका छन् । उता प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री इश्वर पोखरेल महासचिव विष्णु पौडेलले प्रष्ट रुपमा र गृहमन्त्री रामबहादुर थापाले सांकेतिक रुपमा मात्र साथ दिएका देखिन्छन् ।

९ सदस्यीय सचिवालयमा सरकारमा रहेकाहरु एकातिर र सरकार बाहिर रहेका नेताहरु एकातिर खेमामा उभिएका छन भन्दा  पनि हुन्छ । प्रतिवेदन पेश भएपछि दुई अध्यक्षको पार्टी वैठकमा वाहेक अन्य प्रसंगमा भेटवार्ता हुन नसकेका कारण पनि वैठकमै नेताहरुका प्रस्तुती र अडान देखिने अवस्था नेकपाभित्र बनेको छ ।

प्रचण्डले पार्टी एकता र केपी ओली नेतृत्वको सरकार गठन यताका ओलीको प्रवृतिलाई उजागर गरिदिने गरी गत कात्तिक २८ गतेको सचिवालयमा १९ पृष्ठको प्रतिवेदन पेश गरेका थिए । तर त्यसको जवाफ दिन आफुलाई समय चाहिने भन्दै ३ मंसिरको सचिवालयमा ओलीले १० दिन समय माग गरेपछि १३ मंसिरको वैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफी प्रस्ताव लेखेका छन् । तर ओलीले पार्टी एकता र सरकारमा रहेर आफुले गरेका काममा प्रचण्डले लगाएका आरोपमा भन्दा पनि विगतमा अलग पार्टी रहदाका अवस्थाका अन्तरविरोधलाई बढी मात्रामा समेटेर ३८ पृष्ठको प्रतिवेदन पेश गरेका छन् ।

यी दुवै प्रस्ताव, पार्टी वैठक बोलाउन प्रचण्ड सहित ५ नेताले प्रधानमन्त्री ओलीलाई बुझाएको पत्र, त्यसको प्रतिउत्तरमा ओलीले प्रचण्डलाई लेखेको पत्र र फेरि त्यसमा पनि प्रचण्डले ओलीलाई लेखेको पत्र सहित सवै विषयमा सचिवालयमा छलफल हुने नेताहरुले बताएका छन् ।

आजको सचिवालयमा ओलीले पेश गरेको प्रस्तावमा अब प्रचण्डले बुदागत रुपमा जवाफ दिने छन् ।  ‘सम्पूर्ण रूपमा लिखित जवाफ होइन, बैठकमा राख्नुपर्ने विषयको टिपोट तयार भएको छ,’ प्रचण्ड निकट एक नेताले सफलखबरसँग भने । उनका अनुसार प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्ने सम्भावना पनि छ । यसअघि २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘त्याग’ गर्नुपर्ने माग थियो ।

प्रचण्ड नेपाल पक्षले यो प्रस्ताव सहति सवै विषयलाई आज र ओलीले आवश्यक ठानेमा भोलि पनि सचिवालय वैठक राखेर छलफल गर्ने र १८ गते तय भएको स्थायी समिति वैठक र २५ गते देखि तय भएको केन्द्रीय समिति वैठकमा समेत लगेर छिनोफानो लगाउने तयारी गरेको छ । भए सहमति नभए पार्टी विधानको धारा ६० को प्रावधान अनुसार वहुमत अल्पमतकै आधारमा भएपनि यो विषयको निरुपण गर्ने तयारीमा प्रचण्ड - नेपाल पक्ष छन् ।

तर ओली पक्ष पार्टीका कमिटिमा अल्पमतमा रहेका कारण उसले सचिवालयमै यो विषयलाई थाती राख्न चाहिरहेको छ भने प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने माग चर्काे रुपमा उठाईरहेको छ । तर अब त्यो सम्भावनाको अन्त्य भईसकेको छ । यसर्थ पनि ओली पक्षले दुवै प्रस्ताव त्यक्तिकै राखेर छुटटै साझा प्रस्ताव बनाउन पर्ने माग गरिरहेको छ । प्रस्तावलाई स्थायी समिति या केन्द्रीय समिति मा लाने विषयमा ओली पक्षले टेरेको छैन । यसो भएमा पार्टी एकता भंग हुने धम्की ओली पक्षको छ ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको जनाएर त्यसका लागि बेग्लै सर्तसमेत अगाडि सारेका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरणका लागि चैतमा हुने महाधिवेशनसम्म पर्खिनुपर्ने र सरकारको नेतृत्व हस्तान्तरणका लागि चुनावसम्म कुर्नुपर्ने सर्त राखेका छन् । ओलीको यही प्रस्तावमाथि टेकेर प्रचण्ड–नेपाल समूहले अब ओलीको राजीनामा आउनुपर्ने सर्त अगाडि सार्ने तयारी गरेको छ । ओलीमाथि लगातार दबाब बनाइरहेको प्रचण्ड–नेपाल समूहले हरेक बैठकमा थप दबाब बढाउँदै लैजाने रणनीति पनि बनाएको छ । 

प्रतिक्रिया दिनुहोस