उपत्यकाका तीन जिल्लामा कति छन् सक्रिय संक्रमित ?

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, २० : ३५
उपत्यकाका तीन जिल्लामा कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण पुष्टि भएको छ।  जसमा महिला २५८ र पुरुष ३६० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।  

यससँगै काठमाडौंमा कुल संक्रमित ८६ हजार ८५६ जना पुगेकोमा हाल ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै भक्तपुरमा कुल संक्रमित ७ हजार १०४ जना रहेकामा सक्रिय संक्रमित ६३२ जना रहेका छन् भने ललितपुरमा कुल संक्रमित १३ हजार ८८ जना रहेकोमा हाल सक्रिय संक्रमित १६ सय २६ जना रहेका छन् ।  बितेको २४ घण्टामा देशभर भने  १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस