काठमाडौं । डायबिटिज अर्थात्, मधुमेह एक गम्भीर समस्या हो । यो कुरा सबैलाई थाहा छ । डायबिटिजका रोगीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि, खानामा भएको सामान्य गल्ती पनि बिरामीका लागि खतरनाक साबित हुन सक्छ ।
नेपालमा धेरैजसो घरमा अन्य खानेकुराभन्दा चामलको नै बढी प्रयोग गरिन्छ । तर, चामल सेवन मधुमेह रोगीका लागि हानिकारक हुन सक्छ ।
स्वस्थ्यविज्ञ भन्छन्, चामलमा भएको कार्बोहाइड्रेट र क्यालोरीले रगतमा सुगरको मात्रा बढाउन सहयोग गर्छ ।
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार, जो मानिसले धेरै मात्रामा चामल सेवन गर्छन् उनीहरूमा डायबिटिज हुने खतरा बढी हुन्छ । विज्ञका अनुसार पहिलेदेखि नै डायबिटिज भएकाहरूका लागि भने चामलका खानेकुरादेखि साबधानी अपनाउनु आवश्यक छैन । तर, हप्ताको एक दिन कम खानु भने आवश्यक हुन्छ ।
हुन त मधुमेहका रोगी सबै किसिमका चामल खान सक्छन् । तर, ह्वाइट राइसको तुलनामा ब्राउन राइस स्वास्थ्यका लागि बढी फाइदाजनक छ ।
ब्राउन राइसमा ग्लाइसिमिक इंडेक्सको स्तर ६८ प्रतिशत हुन्छ, जबकि ह्वाइट राइसमा यसको मात्रा ७३ प्रतिशत हुन्छ ।
विज्ञका अनुसार मधुमेहका रोगीले जुन चिजमा ग्लाइसिमिक इन्डेक्सको स्तर ५५ प्रतिशतभन्दा कम छ, ती चिज मात्र सेवन गर्नुपर्दछ । यसबाट ब्लडमा सुगरको मात्रा धेरै बढ्दैन । जबकि, ७० प्रतिशतभन्दा धेरै ग्लाइसिमिक इन्डेक्स भएका खानेकुरा सुगररोगीका लागि खतरनाक साबित हुन सक्छ ।
त्यसैले विज्ञहरू सुगरका रोगीलाई ह्वाइट राइसको सट्टामा ब्राउन राइस खान सल्लाह दिन्छन् । चामलको खानामा गाजर, प्याज, केराउ, साग–सब्जी मिलाएर खानु राम्रो हुन्छ । यसो गर्नाले चामलमा पोषणको मात्रा बढ्छ । विज्ञ भन्छन्, सुगरका बिरामीलाई कुन खानेकुरामा ब्लड सुगर बढाउने तत्व बढी हुन्छ भन्ने कुराको राम्रो जानकारी हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ मंसिर २०७७, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिर अस्पताललाई हेल्थ डेस्क क्लिनिक हस्तान्तरण
कामअनुसारको सुविधा नपाएपछि भोकभोकै काम गर्दै महिला स्वास्थ्य स्वयंसेविका
होमियोपेथिकमा बढ्यो बिरामीको आकर्षण
‘मुख स्वास्थ्य रहे अधिकांश रोगबाट बचिन्छ’
एथ्लेटिक्सको राष्ट्रिय खेलाडीले सञ्चालन गरिन् गैँडाकोटमा ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो
शरीरमा देखिने ७ परिवर्तन, गम्भीर रोगको संकेत