एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्न तयार रहेको संकेत गरेका छन् । नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएका छन् र उनको जितलाई औपचारिकता प्रदान गर्ने क्रममा राज्यहरु रहेका छन् । तर ट्रम्पले भने बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।
इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको आउँदो राष्ट्रिपतिको रुपमा औपचारिक रुपमा निश्चित गरेमा आफूले ह्वाइट हाउस छोड्ने ट्रम्पले बताएका हुन् । ट्रम्पले बिहीबार पत्रकारसँग हार स्वीकार गर्न ‘कठिन’ हुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।
चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।
अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका तीन दर्जन मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् । इलेक्टोलर कलेज मतले डिसेम्बर १४ मा औपचारिकता पाएपछि बाइडेनले जनवरी २० मा शपथ लिने छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ मंसिर २०७७, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै