अक्सफोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, १९ : २३
अक्सफोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

गैँडाकोट । अक्सफोर्ड कलेजलाई अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ ।  अमेरिकाबाट द बिज अवार्ड २०२० प्राप्त भएको हो । अवार्ड सो, अत्याधुनिक सुविधा सम्पन्न बास्केटबल कोटको उद्घाटन एवं  जर्नल रिलिज साथै पुस्तक बिमोचन कार्यक्रम एकैसाथ सु–सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको अध्यक्षता अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रा ई. हरिप्रसाद भण्डारीले गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहाल र पोखरा विश्वविद्यालयका उप–कुलपति प्राडा प्रेमनारायण अर्याल रहेका थिए । उक्त समारोहलाई मेयर रेनु दहाल र पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्याल साथै गैडाकोट नगर पालिकाकी उपमेयर विष्णु कँडेलले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तब्य प्लस टु विज्ञान संकायका प्रमूख कृष्णहरि पौडेलले दिए ।

उनले बिज अवार्ड २०२० माथि प्रकाश पारेका थिए । उक्त अवार्ड वर्ल्ड कन्फेडेरेसन अफ बिजिनेस् होस्टन, अमेरिका (द् वर्ल्ड टपमोस्ट अर्गनाइजसन, रिवार्डिङ कम्पनी अफ द् वर्ल्डले प्रदान गरेको हो । बिज अवार्ड २०२० ट्रफी, गोल्डमेडल र पदकहरु समेत उपकुलपतिले कलेजका प्रिन्सिपल प्रोफेसर ई. हरि प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा भरतपुर महानगरपालिका, गैंडाकोट नगरपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिकाका वडा अध्यक्षज्यूहरु, चितवन र नवलपरासी जिल्लाका शैक्षिक संस्थाका प्रिन्सिपल तथा प्रतिनिधिज्यूहरु, कलेजका शुभचिन्तक महानुभावहरु, पत्रकार मित्रहरु र कलेजका शिक्षक तथा कर्मचारी, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

जर्नल र प्रो.ई. हरिप्रसाद भण्डारीद्धारा लिखित तिन वटा पुस्तकहरु अ टेक्स्ट बुक अफ फण्डामेन्टल म्यानेजमेण्ट इनफरमेसन सिस्टम, अ टेक्स्ट बुक अफ कम्प्युटर एण्ड आईटी अप्लिकेसन, एसेन्सिअल अफ इबिजनेसको बिमोजन प्रमुख अतिथिद्वय उपकुलपति पोखरा विश्वविद्यालय र भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्धारा भएको थियो ।

उक्त कार्यक्रममा कलेजले प्रिन्सिपल ई. हरि प्रसाद भण्डारीलाई वर्ल्ड बिजनेस लिडर, एक्सिलेन्स इन बिजिनेस् लिडरसिप, वर्लड लिडर बिजिनेस पर्सन  भीम प्रसाद भण्डारीलाई एक्सिलेन्स इन मार्केटिङ म्यानेजमेन्ट, तिलक राम पन्थीलाई एक्सिलेन्स इन र बिजिनेस म्यानेजमेन्ट, सुरेश बराललाई एक्सिलेन्स इन र बिजिनेस लिडरसिप, नारायण सापकोटालाई एक्सिलेन्स इन क्वालिटी म्यानेजमेन्ट र रामप्रसाद चापागाईलाई एक्सिलेन्स इन बिजिनेस लिडरसिपद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस