नेपाल भारत परराष्ट्र सचिव वार्ता सम्पन्न

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, १७ : ०२
नेपाल भारत परराष्ट्र सचिव वार्ता सम्पन्न

काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरुको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । 

वार्तापछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले छलफलको राम्रो शुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

उनले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताए ।

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृंगला सहभागी थिए । भारतीय विदेश सचिव श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आएका हुन् ।

प्रतिक्रिया दिनुहोस