एचआइभी संक्रमितलाई कोरोनाको उच्च जोखिम : चिकित्सक

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, १६ : २८
एचआइभी संक्रमितलाई कोरोनाको उच्च जोखिम : चिकित्सक

चितवन । एचआईभी संक्रमितहरुलाई कोरोना भाइरसको संक्रमण हुने सम्भावना उच्च रहने चिकित्सकहरुले बताएका छन् । विश्व एड्स दिवसको अवसरमा आज भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र एआरटी सेन्टरले गरेको अन्तक्र्रिया कार्यक्रममा चिकित्सकहरुले एचआइभी संक्रमितलाई कोरोनाको उच्च जोखिम रहने हुनाले उच्च सतर्कता अपनाउन सुझाव दिएका थिए । 

भरतपुर अस्पतालका अध्यक्ष तथा डा भोजराज अधिकारीले एचआईभी संक्रमित भएकाहरु रोगसँग लड्ने क्षमता कम भएका कारण कोरोना भाइरसको संक्रमण ज्यादा हुने बताए ।

भरतपुर अस्पतालका डा प्रमोद पौडल, डा कल्याण सापकोटा, डा युवानिधि बसौला, स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीलगायतले एचआइभी संक्रमितहरु कोरोनाको जोखिममा रहेकाले सावधानी अपनाउन सुझाव दिएका थिए । चितवनमा हालसम्म एचआईभी लागेका तीन जनालाई कोरोना संक्रमण देखिएको छ, जसमा एक जनाको मृत्युसमेत भएको छ । 

चितवनमा पछिल्लो १० महिनामा १६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। जसमा छ जना महिला छन् । एड्स हेल्थ केयर फाउण्डेशन एएचएफ चितवनका संयोजक कृष्णहरि सापकोटाले एचआईभी संक्रमितलाई कोरोना संक्रमणको उच्च जोखिम भएका कारण घरमै पुगेर औषधि वितरण गरिएको बताए । भरतपुर अस्पतालको एआरटी सेन्टरबाट उपचारका लागि नाम दर्ता गराउने एक हजार ९३ छन्। हालसम्म चितवनमा एआरटी सेन्टरबाटबाट सेवा लिनेमध्ये १४२ जनाको मृत्यु भएको छ । 


 

प्रतिक्रिया दिनुहोस