कन्या गुरुकुललाई स्पाउज क्लब अफ नारायणगढ रोटरीको आर्थिक सहयोग

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १६ : १८
कन्या गुरुकुललाई स्पाउज क्लब अफ नारायणगढ रोटरीको आर्थिक सहयोग

देवघाट । देवघाटमा स्थापना गरिएको श्री रामजानकी गार्गी कन्या गुरुकुलका शिक्षा लिइरहेका पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका करिब ५४ जना कन्याहरूका लागि आज एक कार्यक्रम बीच स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष मनसा थैवले नगद रु. १० हजार ५०५ आर्थिक सहयोग प्रदान गरेकी छन् ।

अध्यक्ष मनसा थैवको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त संस्थाका अध्यक्ष एवम् प्रमुख संरक्षक भगवती उपाध्याय विशिष्ट अतिथीको रूपमा थिइन् । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शान्ती उपाध्याय पौडेल र विशिष्ट अतिथी भगवती उपाध्यायले मन्तब्य राखेका थिए । क्लबका अध्यक्ष मनसा थैवले आगामी दिनहरूमा सो संस्थाको लागि आवश्यकता अनुरुप थप सहयोगहरू प्रदान गर्ने बताइन्।

नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्ष रोटरियन रोहितकुमार श्रेष्ठ, कोषाध्यक्ष रोटरियन विमल श्रेष्ठ, कार्यक्रम संयोजक तथा स्पाउज क्लब अफ नारायणगढ रोटरीका सदस्य कल्पना थपलिया र अर्का सदस्य निलीमा प्रधानको उपस्थिती रहेको उक्त कार्यक्रमको सञ्चालन इन्दु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस