मेयरलाई लाग्यो कोरोना : सेवा प्रवाह बन्द

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १० : २०
मेयरलाई लाग्यो कोरोना : सेवा प्रवाह बन्द

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाह बन्द भएको छ ।

Yeti Diistillery Tansen Cement box

नगरप्रमुख गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार बुधबारदेखि शुक्रबारसम्म नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् ।