इच्छाकामना गाउँपालिकामा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १८ : २२
इच्छाकामना गाउँपालिकामा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

चितवन । लायन्स क्लव अफ भरतपुर युथ र लियो क्लव अफ भरतपुर युथले इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा स्वास्थ्य शिविर कार्यक्रम गरेको छ ।

मंगलबार बिहान सामुदायिक स्वास्थ्य इकाई, इच्छाकामना– ७ भालुमारामा आयोजित कार्यक्रममा ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लव अफ भरतपुर युथका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । परीक्षण कार्यक्रममा मधुमेह जाँच र प्रेसर जाँच गरिनुका साथै अन्य स्वास्थ्य परामर्श दिइएको थियो ।

लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले जाँचका क्रममा १४ जनामा मधुमेह र ६ जनामा उच्च रक्तचाप देखिएको बताए । मधुमेहका बिरामीमध्ये ५ जनाले पहिल्यैदेखि औषधी खाइरहेको, ६ जनालाई औषधी दिइएको र ३ जनालाई अस्पताल रिफर गरिएको छ ।

उच्चरक्तचापका बिरामीमध्ये २ जनालाई औषधी दिइएको र बाँकी ४ जनाले पहिल्यैदेखि औषधी खाइरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

दहखानी स्वास्थ्यचौकी, इच्छाकामनाका प्रमुख सुरज गुरुङ र लियो क्लवकी कोषाध्यक्ष अन्जना जोशीले उच्च रक्तचापको जाँच गरेकी थिइन् भने मधुमेहको जाँच अध्यक्ष ज्ञवाली र लियोकी सचिव मधुलाता यादवले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस