कांग्रेस नेता पाण्डेले लिए शपथ

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १४ : ३२
कांग्रेस नेता पाण्डेले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सपथ ग्रहण गर्नुभएको हो ।

पाण्डेलाई प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले सपथ ग्रहण गराएका हुन् । प्रतिनिधि सभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली कांग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो । प्रतिनिधि सभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताए । 
यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताकोबीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गरे ।

२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गरेका थिए । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रीभुवन बहुमुखि क्याम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए । यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस