गण्डकीमा ५८ जना कोरोना सङ्क्रमित थपिए, तीनको मृत्यु

रासस

बुधबार, ०३ मंसिर २०७७, २१ : २५
गण्डकीमा ५८ जना कोरोना सङ्क्रमित थपिए, तीनको मृत्यु

काठमाडौं । गण्डकी प्रदेशमा आज ५८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का ७८ वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको छ । 

आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३८, स्याङ्जाका नौ, तनहुँका पाँच, म्याग्दी र गोरखाका तीन÷तीन जना छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ५४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस