जर्मनीलाई ६–० ले स्तब्ध पार्दै फाइनलमा पुग्यो स्पेन

एजेन्सी

बुधबार, ०३ मंसिर २०७७, ०८ : २६
जर्मनीलाई ६–० ले स्तब्ध पार्दै फाइनलमा पुग्यो स्पेन

एजेन्सी । जर्मनीमाथि जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो । स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् ।

यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो । जितपछि समूहको शीर्ष स्थानमा पुगेको स्पेन जर्मनीको सपना टुटाएर फाइनल्समा पुग्न सफल भएको हो ।


 

प्रतिक्रिया दिनुहोस