एजेन्सी । अमेरिका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अन्तरिमकालको प्रक्रियालार्ई राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अवरोध गरेमा कोरोना भाइरसका कारण धेरै व्यक्तिको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।
अमेरिकामा पछिल्ला दिन लगातार संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ । तर ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको नदिएको र सहकार्य नगरिएको उनको आरोप छ । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले लगातार बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयास प्रभावकारी बनाउनका लागि सहकार्यको खाँचो रहेको राष्ट्रपतिमा निर्वाचित बाइडेनले अन्तरिम प्रशासनको हेडक्वाटर डेलवरमा बताएका हुन् ।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । चार वर्ष पहिले ट्रम्पले पनि त्यति नै इलेक्टोरल कलेज मत पाएका थिए, तर उनी कुल मतमा भने हिलारी क्लिन्टन भन्दा पछि परेका थिए । ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए । ट्रम्पले देशभरका विभिन्न अदालतमा दायर गरेका मुद्धा प्रमाणको अभावमा खारेज हुने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ मंसिर २०७७, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण