चितवनमा हेटौँडाकी कोरोना संक्रमित वृद्धाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १५ : १२
चितवनमा हेटौँडाकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट थप एक वृद्धाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुर, हेटौंडा उपमहानगरपालिका–४ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनी निमोनियासम्बन्धी बिमारी थिइन् । कार्तिक २३ गते अस्पताल भर्ना भएकी उनीमा सोही दिन कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । चिकित्सकहरुले उपचारमा अथक प्रयास गर्दागर्दै कोभिड आइसियूमा उनको मृत्य्ु भएको अस्पताले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस