चितवन सयपत्री फुलमा आत्मनिर्भर

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०७७, १० : १९
चितवन सयपत्री फुलमा आत्मनिर्भर

चितवन । तिहार शुरु भएसंगै सयपत्री र मखमली फुलको विक्री वितरण शुरु भएको छ । केही वर्ष अघि सम्म अन्य जिल्लाबाट भित्रदैं आएको सयपत्री फूल अहिले चितवनकै उत्पादनले आत्मनिर्भर बनेको छ । 

तिहार लगाएत बिभिन्न कार्यक्रमलाई आबश्यक पर्ने सयपत्री फुल चितवनमा नै उत्पादित फुलले पुग्ने गरेको किसानहरु बताउछन् । चितवनमा तिहारलाई लक्षित गरी करिब ३० बिगाहमा सयपत्री फुल लगाइएको र करीब ६० हजार माला उत्पादन हुने गरेको फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तथा किसान प्रकास पन्तले बताए ।

चितवनमा सयपत्री फुलखेति गर्ने किसानहरु बिगतको तुलना बृध्दि हुदै गएको उनको भनाइ छ । करिब १ बिगाहा जग्गामा गरिएको सयपत्री फुल खेतीबाट ५ लाख आम्दानी हुने गरेको पद्मपुरका किसान कृष्ण प्रसाद पौडेलले बताए । 

यसपालीको दशैं, तिहार लगायतका चाडपर्व मलमासका कारण पछि परेकाले फूलहरु ओइलाएका कारण जोगाउनै मुश्किल परेको किसानहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस