चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नंको मोटरसाइकलाई आज बिहान ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर खाने दुवै सवारी र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ कार्तिक २०७७, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन