काठमाडौं । ट्रकको ठक्करबाट दाङमा तीनजना युवाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्ती रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०७७, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ जना घाइते
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु