काठमाडौं । ट्रकको ठक्करबाट दाङमा तीनजना युवाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्ती रहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०७७, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते