काठमाडौं । करेन्ट लागेर पुर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर १ का ४५ वर्षीय सुकबहादुर पाख्रिन रहेका छन् ।
कालिका नगरपालिका–६ खोलेसिमलमा पुरुषोत्तम कँडेलको घर बनाउने क्रममा बिजुलीको तारमा परी उनलाई करेन्ट लागेको हो । करेन्ट लागि घाइते उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा आज दिउँसो बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर घाइते पाख्रिनलाई जोगाउने क्रममा स्थानीय अनीश श्रेष्ठ सामान्य घाइते भएका छन् ।
इच्छाकामना गाउँपालिका–५ शान्ति बजारमा तेल बोकेको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको नागपोखरी बस्ने २२ वर्षिय पदम विक्रम थापा रहेका छन् ।
नारायणगढबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४२०६ नम्बरको तेल ट्याङ्करले बिपरित दिशाबाट आउँदै गरेको बा ९९ प ३०९३ नम्बरको मोटरसाईकललाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट घाइते मोटरसाईकल चालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ कार्तिक २०७७, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु