बदाम खानेलाई फाइदैफाइदा

एजेन्सी

आइतबार, २३ कार्तिक २०७७, ११ : १०
बदाम खानेलाई फाइदैफाइदा

एजेन्सी । जाडोमा घामको पार ताप्दै सुन्तला र बदाम खानुको मजा नै बेग्लै हुन्छ । सुन्तला भिटामिन सिको खानी हो भने बदाम प्रोटिनको । बदाम खानेलाई हुने नौ फाइदा यसप्रकार छन् :

पर्याप्त प्रोटिनः
बदाममा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शारीरिक वृद्धिका लागि अत्यावश्यक छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सकिरहनु भएको छैन भने बदामको सेवन एक उत्कृष्ट विकल्प हो ।

तौल कम गर्छः

बदामले तौल कम गर्न निकै सघाउ पुर्याउँछ । बदाम खाएको लामो समयसम्म भोक लाग्दैन । यसकारण तपाईं धेरै खानबाट बच्नुहुन्छ जसका कारण तपाईंको तौल कम गर्न यसले सहयोग पुर्याउँछ ।

मुटु रोगबाट टाढा राख्छः

बदाम एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुर हुन्छ । यसले स्ट्रोक र मुटु सम्बन्धि समस्याको खतरालाई कम गर्छ । बदाममा भएको ट्रिप्टोफेनले डिप्रेशनको समस्यालाई पनि कम गर्न सहयोग गर्ने बताइन्छ ।

क्यान्सरको खतरा कमः

बदाममा अत्यधिक मात्रामा फाइटोस्टेरोल पाइन्छ, यसलाई बीटा–सिटोस्टेरोल भनिन्छ । यसले फाइटोस्टेरोल क्यान्सरबाट सुरक्षित राख्न मद्दत गर्छ । अमेरिकामा भएको अनुसन्धानको रिपोर्ट अनुसार जो महिला वा पुरुष हप्तामा कम्तीमा दुई पटक बदामको सेवन गर्छन्, त्यस्ता महिलालाई कोलोना क्यान्सर हुने खतरा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कम हुन्छ ।

मधुमेहबाट जोगाउँछः

बदाममा म्यागनिजका साथै मिनरल्स पनि पाइन्छ । यो मिनरल्सले फ्याट, कार्बोहाइड्रेट, मेटाबोलिजम, क्याल्सियसको अवशोषण र रगतको चिनीलाई नियन्त्रण गर्छ । थुप्रै अनुसन्धानको रिपोर्टमा बताइए अनुसार बदामको सेवनले मधुमेहको खतरा २१ प्रतिशतसम्म कम गर्छ । यदि तपाईंलाई मधुमेह छ भने डाक्टरको सल्लाह दिएर बदामको सेवन गर्न सक्नुहुन्छ ।

ब्याड कोलेस्ट्रोललाई कम गर्छ:

बदाममा भरपुर मात्रामा मोनोस्याचुरेटेड र पोली अनस्याचुरेटेड फ्याट पाइन्छ । बदाममा पाइने ओलेक एसिडले रगतमा ब्याड कोलेस्ट्रोललाई कम गर्छ र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रण गर्छ र मुटुसम्बन्धि रोगबाट पनि शरीरलाई सुरक्षित राख्छ ।

प्रजनन क्षमता राम्रो बनाउँछः

बदाममा भारी मात्रामा फोलिक एसिड पाइन्छ जसले महिलाको प्रजनन क्षमतालाई राम्रो बनाउन सहयोग गर्छ । यो गर्भमा हुर्किरहेको बच्चाको स्वास्थ्यका लागि पनि निकै राम्रो मानिन्छ । यदि तपाईं गर्भावस्थाको सुरुवाती दिनमा हुनुहुन्छ भने तत्काल बदाम खान सुरु गर्नुहोस् । यसले बच्चाको स्वास्थ्य निकै राम्रो हुन्छ ।

अनुहार चम्किलो हुन्छः

बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा भएको मोनोस्याचुरेटेड एसिडले छालालाई हाइड्रेट राख्नुका साथै छालामा चमक पनि ल्याउँछ ।

प्रतिरोधी क्षमता बलियो बनाउँछः

बदाममा भिटामिन सी पनि पाइन्छ जसले चिसो मौसममा हुने रुघा खोकीजस्ता समस्याबाट पनि जोगाउँछ । दैनिक बदाम खाँदा रोग प्रतिरोधी क्षमता बलियो रहन्छ र शरीरले भित्रैबाट ऊर्जा प्राप्त गर्छ ।

प्रतिक्रिया दिनुहोस