अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबारे उठाए प्रश्न

एजेन्सी

बुधबार, १९ कार्तिक २०७७, १४ : २२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबारे उठाए प्रश्न

फाइल फोटो

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबारे प्रश्न उठाएका छन् । उनले दशौं लाख अमेरिकीहरुले आफूलाई भोट गरेको भन्दै केही समूहले उनीहरुको भावनामाथि खेल्न खोजेको आरोप लगाएका हुन् ।  

‘दशौं लाख र दशौं लाखले हामीलाई भोट गरेका छन्’ ह्वाइटहाउसका प्रतिक्रिया दिँदै ट्रम्पले भने,‘एउटा अति नै दुःखी व्यक्तिहरुको समूहले ती व्यक्तिहरुलाई आफ्नो अधिकारबाट वन्चित गर्न खोजेको छ ।’ उनले तत्कालै मतगणना बन्द होस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् । 

ट्रम्पले आफ्नो अग्रता रहेका राज्यहरुमा तत्कालै आफूलाई विजयी घोषणा गरिनुपर्ने संकेत गरेका छन्, जबकी ठूलो मात्रामा मतगणना हुनै बाँकी छ । ट्रम्पले अघिल्लो साँझ नै विजय घोषणा गर्ने आफ्नो योजना रहेको पनि सुनाएका छन् ।

‘हामी ठूलो खुसीका लागि तयार हुँदै थियौं । हामीले सधै जितिरहेका थियौं र अचानक यो सबै रोकियो,’ उनले भने । ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाएका छन् । ‘यो अमेरिकी जनताप्रतिको ठगी हो । यो हाम्रो देशका लागि पीडादायी हो, ट्रम्पले भने,‘खुलस्त भन्नुपर्दा हामीले यो निर्वाचन जितेका थियौं ।’

प्रतिक्रिया दिनुहोस