‘भरतपुर महानगरपालिकाले संचालन गरेको कोभिड आइसोलेसन केन्द्र देसकै नमुना’ : सांसद पोख्रेल

प्रकाश सिग्देल

बुधबार, १९ कार्तिक २०७७, १२ : ३५
‘भरतपुर महानगरपालिकाले संचालन गरेको कोभिड आइसोलेसन केन्द्र देसकै नमुना’ : सांसद पोख्रेल

चितवन । संसदिय समिति अन्तर्गत कानुन न्याय तथा मानव अधिकार संसदिय समितिका सभापति  कृष्णभक्त पोखरेलले भरतपुर महानगरपालिकाले संचालन गरेको आइसोलेसन केन्द्र देशकै नमुना भएको दाबी गरेका छन् ।

भरतपुर महानगरपालिकाले वागेश्वरीमा संचालन गरेको आईसोलेसन केन्द्रमा उपचार पछि निको भएका बिरामीको बिदाई कार्यक्रममा बोल्दैं उनले यो आईसोलेसनमा आएका कुनै पनि बिरामी अस्पताल जानु नपर्ने र स्टार होटल जस्तो सुबिधा प्राप्त गरि निको भएर घर फर्किने बताए । 

यहाँका सत प्रतिशत बिरामी निको भएर घर फर्केको सुन्न पाउदा आफुलाई निकै खुसि लागेको बताउदैं उनले नागरिकलाई राज्य अभिभावक हुन्छ है भन्ने अनुभुति दिलाउने काम भरतपुर महानगरले गरेको बताए । ‘यहाँ संक्रमितलाई उपचार मात्रै होईन्, योग गुरु नै बनाएर घर पठाउने काम भएको छ’–उनले भने–‘ यो क्षेत्रको जनप्रतिनिधि भएको कारण भन्नैपछि, राज्य हुनुको सॉचो अनुभूति भरतपुर महानगरपालिकाले गराएको छ ।’ यो कार्यको लागि सभापति पोख्रेलले भरतपुर महानगर प्रमुख रेनु दाहाल सहित महानगरपालिका परिवारलाइ धन्यवाद समेत ज्ञापन गरे । 

महामारीको बेला नागरिकको उपचार राज्यले गर्दिन भन्न नपाउने बताउदैं उनले धनि, गरिब जो भएपनि उपचारको प्रवन्ध राज्यले गर्नैपर्छ, र अब तिहार पछि यस अघिको  निर्णय राज्यले सच्चाउने पोख्रेलले दाबी गरे । नागरिकले उपचार नपाएर भोकभोकै मर्ने अवस्था राज्यले सृजना गर्न नहुनेमा उनले जोड दिए ।

नागरिकको जिवनरक्षाको दायित्वबाट राज्य कहिल्यै पछि हट्न नहुने बताउदै उनले राज्यले यसअघि गरेको निर्णय सच्यायर नागरिक प्रतिको दायित्व पुरा गर्ने बाटोमा राज्य अगाढी बढ्नु पर्ने तर्क राखे । कोरोना संक्रमितको उपचारमा आर्युबेद र प्राकृतिक चिकित्सा पद्दती सार्थक बनेको उनको भनाई थियो । उनले भने–‘अब विदेशी औषधी भन्दा पनि यहीका हावापानीे तथा जडिबुटी प्रयोग गरेर अरु रोगहरुको पनि उपचार गर्नुपर्नेमा जोड दिए । 


 

प्रतिक्रिया दिनुहोस