चीनले लगायो अस्ट्रेलियाको गहुँ खरिदमा प्रतिबन्ध

पत्रपत्रिकाबाट

बुधबार, १९ कार्तिक २०७७, ०७ : ३५
चीनले लगायो अस्ट्रेलियाको गहुँ खरिदमा प्रतिबन्ध

काठमाडौं । चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । पछिल्लो समय दुई देशबीच तनाव बढ्दै गएको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको समाचारअनुसार आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइलालगायत वस्तु आयात गर्न प्रतिबन्ध लगाएको हो ।

गहुँ आयातमा लगाइएको प्रतिबन्धको मितिबारे भने उल्लेख गरिएको छैन । चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलरबराबरको गहुँ खरिद गर्ने गरेको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस