काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
फाक्सिन्दा दोभानबाट बालुवा लिएर सुरुङतर्फ जाँदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर दुर्घटना हुँदा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कार्यरत चालक बाराको सिमराजीतपुर उपमहानगरपालिका बस्ने ३६ वर्षीय समबहादुर योञ्जन तामाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले सडकदेखि करीब ४०० मिटर तल अरुण नदीको किनारामा टिपर खस्दा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।
टिपर चालक तामाङको गए राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ कार्तिक २०७७, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते