बेलायतमा कोरोनाबाट मर्नेको संख्या ४६ हजार नाघ्यो

एजेन्सी

शनिबार, १५ कार्तिक २०७७, ११ : २४
बेलायतमा कोरोनाबाट मर्नेको संख्या ४६ हजार नाघ्यो

लण्डन । बेलायतमा कोरोना भाइरस ९कोभिड १९० का कारण ज्यान गुमाउनेको  संख्या  ४६ हजार नाघेको छ ।  

सार्वजनिक तथ्यांक अनुसार पछिल्लो  २४ घन्टामा थप २७४ जना कोरोना  संक्रमितको मृत्यु भएको छ  । योसंगै बेलायतमा हालसम्म ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ४६ हजार २२९ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी दिएको छ । 

बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप २४ हजार ४०५ जना नयाँ  संक्रमित पुष्टि भएको  छ  । करिब २४ घन्टामा ३ लाख ४४८ हजारमा गरिएको परीक्षणमा २४ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् । यससँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ९ लाख ८९ हजार ७४५ पुगेको छ ।

कोरोनाको संक्रमण बढेसंगै अस्पताल भर्ना हुनेको संख्या पनि दैनिक सुपमा बढ्दै गैरहेको छ  । पछिल्लो २४ घन्टामा एक हजार ४८९ जना कोरोना  संक्रमितहरु अस्पताल भर्ना भएका छन् । हाल ९७५ जना कोरोना संक्रमितलाई भेन्टिलेटर बेडमा उपचारार्थ राखिएको छ भने  १० हजार ७०८ जना कोरोना संक्रमितको अस्पतालमा  उपचार भैरहेको  मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस