साउदीमा केपी ओलीविरुद्ध नाराबाजी गर्दा नेपालीलाई आपत

पत्रपत्रिकाबाट

शनिबार, १५ कार्तिक २०७७, ०७ : ५१
साउदीमा केपी ओलीविरुद्ध नाराबाजी गर्दा नेपालीलाई आपत

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ । 

स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो । घर फिर्न नपाएका नेपाली श्रमिकहरूले गत भदौ २१ गते रियादस्थित समास्को कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । साउदीमा यसअघि नेपाली श्रमिकविरुद्ध शान्तिसुरक्षासम्बन्धी मुद्दा लागेको थिएन ।

सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न साउदीमा मनाही छ । नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस