सरकारी कार्यालय खुले, कर्मचारी छैनन्

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०७७, १४ : ३०
सरकारी कार्यालय खुले, कर्मचारी छैनन्

काठमाडौँ । बुधबारबाट सरकारी कार्यालय खुले पनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ ।

बुधबारबाट सबै सरकारी कार्यालयका काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् । मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् ।

यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खाली देखिएका छन् । कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।

दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ । यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस