कोरोना भाइरस (कोभिड–१९)

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म कोरोनाबाट ७७ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ कार्तिक २०७७, १२ : २५
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म कोरोनाबाट ७७ जनाको मृत्यु

फाइल फोटो

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएसँगै हालसम्म यस अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ । 

अस्पतालका अनुसार हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् । यस्तै आजसम्म भर्ना भएकामध्ये ८४० जना निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस