काठमाडौँ । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो । त्यस्तै निमोनिया रोगबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका ती पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो । दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ कार्तिक २०७७, १८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा १० महिनापछि देखियो कोरोना
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो
कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दो