रामकृष्णको आवाजमा दुबसुको 'अधर'

सफल खबर संवाददाता

शुक्रबार, ०७ कार्तिक २०७७, १४ : ५३

काठमाडौँ । गीतकार डा. दुबसु क्षत्रीको 'अधर' गीतलाई गायक रामकृष्ण ढकालले आवाज दिएका छन् । अधरको म्युजिक भिडियोमा रोश्ना कार्की र विष्णु खरेलको रोमान्स छ ।

के के फिल्मस् एण्ड मिडिया लण्डनसँगको सहकार्यमा दुबसु क्षत्री नेशनल डेभलपमेण्ट फाउण्डेसनको प्रस्तुति अधरको म्युजिक भिडियो गत शनिबार युट्युबमा अपलोड गरिएको हो । 

शिखर सन्तोषको संगीत रहेको अधर गीतका एरेन्जर गोपाल रसाइली हुन् । पुनम सुवेदीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन, छायाँकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन् । 
 

 

प्रतिक्रिया दिनुहोस