आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०७७, ०८ : १९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबारपहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु भू–भागमा भने मौसम सफा रहने जनाएको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहको मौसमविदले बताएका छन् । बिहीबार दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भ–ूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

राति पनि देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ । अहिले उल्लेखनीय मौसमी प्रणाली नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस