काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दशैँ विदामा पनि खुल्ने भएका छन् ।
दशैँ विदामा पनि मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ । आयोगले दशैँ विदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०५ कार्तिक २०७७, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस