कोरोना सङ्क्रमणबाट मृत्यु

रासस

बुधबार, ०५ कार्तिक २०७७, १९ : १२
कोरोना सङ्क्रमणबाट मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष छन् । 

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद  पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो । लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताउनुभयो । उनी दम र मधुमेहबाट पीडित थिए । 

प्रतिक्रिया दिनुहोस