काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम केही प्रदेशमा मा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
यस्तै प्रदेश २ र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ भने मुलुकका अन्य भूभागमा दिउँसोको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
यस्तै बुधबार राति देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदको भनाई छ । अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०७७, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?