चितवन । दुर्घटना बढी हुने जिल्लामा पर्छ चितवन । देशकै मध्येभागमा रहेको चितवन पूर्वपश्चिम राजमार्गको मिडप्वाइन्टमा पर्छ । काठमाडौँ छिर्ने मूख्य प्रवेशद्वारको रुपमा पनि चितवनलाई लिइन्छ । चितवनमा यस आर्थिक वर्षको तीन महिनामा ८३ दुर्घटना भएका छन् ।
यहाँ सवारी दुर्घटनाबाट यस आर्थिक वर्ष ०७७ र ७८ को तीन महिनामा २० जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । । ८३ वटा दुर्घटना हुँदा १४४ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार सवारी दुर्घटनाबाट साउनमा आठ जना, भदौमा तीन जना र असोजमा नौ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी असोजमा ३६ वटा दुर्घटना भए भने साउनमा २८ र भदौमा १९ वटा दुर्घटना भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गत आव ०७६ र ७७ को पहिलो तीन महिनामा सवारी दुर्घटनाबाट ३३ जनाको मृत्यु भएको थियो भने ४७ जना गम्भीर घाइते भएका थिए । त्यस अवधिमा ८१ वटा मात्र सवारी दुर्घटना भएका थिए । मृतक संख्या घटे पनि पछिल्लो तीन महिनालाईमात्र हेर्दा लकडाउनमा पनि दुर्घटना घटेको देखिदैन । लकडाउन र निषेधाज्ञा हुँदासमेत दुर्घटनामा कमी नआएको देखियो ।
गत आर्थिक वर्ष २०७६ र ७७ मा चितवनमा २६१ वटा सवारी दुर्घटना भएका छन् । जसबाट १०७ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट १६५ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पुरूष ८८, महिला १४ र बालक पाँच जना रहेका छन् । अघिल्लो आव २०७५ र ७६ मा २९५ वटा दुर्घटना हुँदा १४६ जनाको मृत्यु भएको थियो ।
यद्यपी चैतदेखि असारसम्मको लकडाउनका बीच पनि दुर्घटनाबाट १४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क छ ।
सवारी दुर्घटना हुनेमा मोटरसाइकल बढी छन् । गत आवमा १७९ मोटरसाइकल सवारी दुर्घटनामा परे । त्यस्तै, ६८ जीप रकार, ७० ट्रक र ट्याङ्कर, ३४ बस र चार टिप्पर दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट दुई करोड ५० लाख ५९ हजार रूपैयाँको भौतिक क्षति समेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन, तीव्र गति र लेन अनुशासन पालना नगर्नु हो । मानिसमा ट्राफिक सचेतना अभिवृद्धि नहुँदासम्म दुर्घटना न्यूनीकरण हुन नसक्ने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०७७, १७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु